• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०३:४६

१८ मंसिर, २०७९, काठमाडौं : सेयर बजारमा सुधारको संकेत देखिएको छ । बजार स्थिर रूपमा बढिरहँदा कारोबार रकम पनि बढ्दो क्रममा छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको छ । नेप्से ०.११ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले बढेर ३८४.८३ विन्दुमा पुगेको छ ।


कूल २४३ वटा कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५६ करोड १७ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ४ वटा उपसमूहको सेयर घटेको हो । आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १९ करोड ८० लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

Kamana Sewa

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकाारत्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय २१ रूपैयाँ ८० पैसा पुगेको छ । यस दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उक्त संस्थाको सेयरमूल्य ६.११ प्रतिशतले घटेर ३ हजार ३ सय ९४ रूपैयाँमा झरेको छ ।

Classic Tech Desktop

प्रतिकृया