• १३ असोज २०८३, मंगलबार
  • ७ः४३ बिहान

रिडी हाइड्रोको सेयर कारोबार सोमबारदेखि खुल्दै

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०४:४७

१८ मंसिर, २०७९, काठमाडौं : रिडी हाइड्रो पावर कम्पनीको सेयर कारोबार सोमबारबाट खोल्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मागेको प्रमाण कम्पनीले पुर्‍याएसँगै कारोबार खोल्न मिति तय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले अर्थ संसारलाई जानकारी दिए । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडको कारोबार रोक्का गरेको थियो । कम्पनीको कारोबार रोक्का नै रहिरहँदा कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताहरूको रकम फ्रिज भइरहेको थियो ।

National Life

रिडी पावरको सञ्चालक समितिको बैठक ११ बजे बसेर लाभांश घोषणा गरेको भएपनि नेप्सेलाई भने कारोबार समय पछि मात्रै जानकारी गराइएको भन्दै नेप्सेले सूचना लुकाएको आरोपमा कम्पनीको कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेको सूचनामा उल्लेख थियो ।


कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो रु ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको थियो। कम्पनीको मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया