• २ असोज २०८३, शुक्रबार
  • ८ः२१ बिहान

विनायकमा हिसान जिल्लाव्यापी बक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

२०७९ मंसिर १७ गते, शनिबार १०:४१

१७ मंसिर २०७९, भक्तपुर : विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्य राखी स्थापित मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतनमा यही २०७९ मंसिर १६ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरियो । भक्तपुर हिसानको आयोजना र विनायक शिक्षा निकेतनको संयोजकत्वमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कक्षा १२ सम्म सञ्चालित ९ वटा विद्यालयका १२ जना विद्यार्थीहरु सहभागी भएका थिए।शिक्षामा प्रविधिको प्रयोग आजको आवश्यकता शीर्षक बक्तृत्वकलाको प्रतियोगितामा को सभापति हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पालले गर्नुभएको थियो।

National Life

विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको संयोजकत्वमा, भक्तपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य माननीय डाक्टर राजेन्द्रमान श्रेष्ठको प्रमुख आथित्यमा तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्ष ,विनायक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछि, हिसान नेपालका केन्द्रीय सदस्य वीरेन्द्र जयना एवं खोप टिभीका निर्देशक ऋषि श्रेष्ठको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयका प्लसटु संयोजक तुल्सिहरि प्रजापतिले संचालन गर्नुभएको र सहायक प्रिन्सिपल प्रेम निरौलाले प्रतियोगिताका नियमहरू उल्लेख गर्नुभएको उक्त कार्यक्रमको प्रमुख निर्णायक शिक्षाविद् डिल्लीराम गौतम र निर्णायक सदस्य ईश्वरलाल श्रेष्ठ रहनुभएको थियो।


विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे चर्चा गर्दै विद्यार्थीहरुलाई हरेक कुराको अवसर प्रदान गर्दै उनीहरूको ब्यक्तित्व विकास आजको आवश्यकता रहेकोले हिसान भक्तपुरको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको बारेमा प्रकाश पार्नु भयो कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथीहरुले हिसान भक्तपुर र विनायकको कार्यप्रति प्रशंसा गर्नुभयो। सो कार्यक्रममा मोडर्न स्कूलकी छात्रा प्रथम काठमाडौं वर्ल्डकि छात्रा दोस्रो र मोडर्न कै छात्र तेस्रो हुन सफल भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया