• ४ असोज २०८३, आइतबार
  • १२ः५० राती

चुनावी समीक्षा गर्दै माओवादी, दिउँसो ३ बजे पदाधिकारी बैठक

प्रकाशित मिति

२०७९ मंसिर १७ गते, शनिबार १०:२३

१७ मंसिर २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादीले चुनावी समीक्षा गर्ने भएको हो। त्यसका लागि दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए।

National Life

‘पार्टीले चुनावी समिक्षा गर्नका लागि विभिन्न चरणमा छलफल गर्न लागेको हो,’ गुरुङले भने, ‘त्यसमध्येमा आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ। चनुावको विषयमा छलफल हुन्छ। पदाधिकारीका नेताहरुले आफ्नो धारणा राख्नुहुनेछ।’ माओवादीको पदाधिकारीमा २१ जना छन्।


त्यसमध्येमा १० जनाले टिकट पाएका थिए। अरु उम्मेदवार बनेका थिएनन्। टिकट पाएकामध्ये ५ जना निर्वाचित हुँदा अनय ५ जना पराजित भएका थिए। मतपरिणाम राम्रो नआएपछि पार्टीभित्र अध्यक्ष प्रचण्डको आलोचना सुरु भएको छ। पार्टीभित्रबाटै पुनर्गठन र विशेष महाधिवेशन गर्नका माग पनि सुरु हुन थालेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया