• १३ असोज २०८३, मंगलबार
  • १ः४७ दिउँसो

मकवानपुरमा डिनाको अग्रता कायमै, पछ्याउँदै कमल थापा

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०१:३८

६ मंसिर २०७९, मकवानपुर : मकवानपुर जिल्लाको प्रतिनिधि सभासदस्यका लागि क्षेत्र नं १ मा ११ हजार ४६ मत गन्दा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ मत ल्याएर अग्रता लिएकी छन् ।

National Life

दोस्रो स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन हजार छ सय ९५ मत ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले १०१० मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा एमालेका बर्तौलाको अग्रता

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी क्षेत्र नं २ मा आठ हजार सात सय ९६ मत गणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले चार हजार आठ सय ५४ मत प्राप्त गरी अग्रता लिएका छन् ।


दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले चार हजार चार सय ४३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले ११८७ मत प्राप्त गरेर तेस्रो बनेका छन् ।

प्रतिकृया