• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

बाजुराका पाँच मतदानस्थलको मतदान स्थगित

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०१:१५

४ मंसिर २०७९, काठमाडौँ : बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको बाजुराका डीएसपी चतुरभुज ओझाले बताए । उनका अनुसार बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका,स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ ।


विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो । अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी ओझाले बताए ।

Kamana Sewa

प्रतिकृया