• ३१ भदौ २०८३, बुधबार
  • १०ः०८ राती

कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुदै

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार १०:४१

भक्तपुर( यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाफल आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार गत बैसाखमा लिइएको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल आज साँझसम्म प्रकाशन हुनेछ। कक्षा १२ को परीक्षामा यस वर्ष ४ लाख २८ हजार ५२ परीक्षार्थीको सहभागिता रहेको थियो। कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ५९ जना तथा सबैभन्दा धेरै काठमाडौंबाट ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी भएका थिए। परीक्षा बैसाख १५ देखि २६ गतेसम्म सञ्चालन भएको थियो।

National Life

परीक्षामा समेल भएका साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको आज परीक्षाफल सार्वजनिक गरिनेछ। विज्ञान, व्यवस्थापन र मानविकी समूहका विद्यार्थीको परीक्षापद्य आज प्रकाशन हुने बोर्डले जनाएको छ। सरकारले कक्षा १२ सम्मको पढाइलाई माध्यामिक तहमा राखेको छ। कक्षा १२ को परीक्षामा उत्तीर्ण हुने विद्यार्थीका लागि अब उच्च शीक्षा आर्जन गर्न बाटो खुल्नेछ।

बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको थियो। जसमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङरमुस्ताङमा १र१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि विशेष व्यवस्था गरिएको थियो। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई समेत परीक्षा दिने व्यवस्था मिलाइएको थियो। गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ का दुवै तहको परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान गरेको थियो।

बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरिएको थियो। बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्थासमेत यस वर्षको परीक्षाका क्रममा गरिएको थियो। त्यसमाथि परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयका प्रमुखबाहेक अन्यलाई मोबाइल फोन लैजानसमेत निषेध गरिएको थियो।

प्रतिकृया