• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

भक्तपुरका पत्रकारले हातमा कालो पट्टि बाधेँर निर्वाचनको समाचार संकलन गर्ने

प्रकाशित मिति

२०७९ आश्विन १६ गते, आईतवार ०६:०१

१६ असोज २०७९, भक्तपुर : निर्वाचन आयोगले नेपाली सेना, प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरु विरोधमा उत्रिएका छन् ।


शनिवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको बैठकले हातमा कालो कालो पट्टि बाधेँर निर्वाचनको समाचार संकलन गर्ने निर्णय गरेको सचिब संजीप शुभचिन्तकले जानकारी दिए ।

Kamana Sewa

नेपालमा मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हुदाँहुदैं निर्वाचन आयोगले चालेको कदम गलत भएकाले सांकेतिक विरोध स्वरुप सो निर्णय गरेको सचिब शुभचिन्तकले बताए ।

Classic Tech Desktop

सो बैठकले नगरकोटलाइ्र्र पर्यटकिय क्षेत्र घोषणा गर्न र भक्तपुर–नगरकोट सडकको काम चाडै सम्पन्न गर्न समेत सरकारको ध्यानाकर्षण समेत गरेको कार्यवहाक अक्ष्यक्ष सुन्दर शिल्पकारले बताए ।

प्रतिकृया