• २१ जेठ २०८३, बिहीबार
  • ८:५८ बिहान

काठमाडौंका सार्वजनिक स्थलमा धूम्रपान र सुर्ति सेवन गर्नेलाई के हुन्छ सजाय ?

प्रकाशित मिति

२०७९ भाद्र ३० गते, बिहीबार १२:०१

३० भाद्र २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान नगर्न सबैलाई अनुरोध गरेको छ । असोज १ गतेबाट काठमाडौंको सार्वजनिक स्थलमा धूम्रपान गरेको भेटिएमा कानुन अनुसार कारवाही गर्ने समेत महानगरपालिकाले जनाएको छ ।


सार्वजनिक स्थलमा धूम्रपान र सुर्ती सेवन गर्नेलाई के कस्तो कारवाही गर्ने भन्ने व्यवस्था सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा गरिएको छ । उत्त ऐनको परिच्छेद ५ मा सजाय तथा पुनरावेदनको व्यवस्था गरिएको छ ।

Kamana Sewa

कसैले यो ऐन विपरित सार्वजनिक स्थलमा ध्रम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले गर्ने सजायका बारेमा ऐनमा भनिएको छ, ‘धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवान वा दुवै सजाय गर्नु पर्ने ।’ धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित भए उनीहरुलाई छुट्टै सजायको व्यवस्था ऐनमा गरिएको छ ।

Classic Tech Desktop

‘धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारवाही गर्नु पर्ने,’ ऐनमा उल्लेख गरिएको छ ।


व्यवस्थापकले यस ऐन विपरित सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारवाही गर्ने व्यवस्था पनि ऐनमा छ ।

कस्ता स्थानलाई सार्वजनिक स्थल मानिन्छ ?

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा कस्ता स्थानलाई सार्वजनिक स्थल भनिने भन्ने पनि स्पष्ट किटान गरिएको छ ।


ऐनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।


यस्तै सार्वजनिक स्थल भित्र चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यापाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिमार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टरलाई पनि समेटिएको छ ।


माथि उल्लेख गरिएका बाहेक अतिरिक्त कुनै ठाउँको महत्व र संवेदनशीलतालाई विचार गरी सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका अन्य स्थल पनि सार्वजनिक स्थल मानिने छन् ।

प्रतिकृया