• २१ जेठ २०८३, बिहीबार
  • ८:५८ बिहान

के तपाईको मोबाइल दर्ता भएको छ ? दर्ता नभएका मोबाइल अब नेपालमा नचल्ने, यसरी थाहा पाउन सकिन्छ दर्ता भए नभएको !

प्रकाशित मिति

२०७९ भाद्र ३० गते, बिहीबार ११:५१

३० भाद्र २०७९, काठमाडौँ: नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम(एमडिएमएस) लागु गरेसंगै अव नेपालमा अवैध रुपमा भित्रिने मोबाईलहरु नचल्ने भएका छन् । प्राथिकरणले आज एक सूचना प्रकाशित गर्दै एमडिएमएस लागु भएको जनाएको छ ।


मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट MDMS प्रणाली लागू गरिएको प्राधिकरणाले जनाएकाे छ ।

Kamana Sewa

आज भाद्र ३० गते सम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः MDMS प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको समेत प्राधिकरणाले जनाएकाे छ ।

Classic Tech Desktop

भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणकाे अनुरोध छ । साथै मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितिरण गर्न सूचित गरेकाे छ ।


करिब छ वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ ।


विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने प्रचलन बढ्दो छ । यसरी व्यक्ति प्रयोजनका लागि बर्सेनि हजारौँ मोबाइल भित्रिने गर्छन् । सीमा क्षेत्रस्थित भारतिय बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने प्रचलन छ । यस्तोमा साउन १ पछि विदेशबाट ल्याएका मोबाइल बन्द हुन्छन् भन्ने डर पनि देखिन्छ । डर मान्नुपर्दैन, त्यो अफवाह मात्र होध्र त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ ।


एक व्यक्तिले आफूले प्रयोग गरेको बाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने प्राधिकरण अध्यक्षले बताए ।

प्रतिकृया