• २१ भदौ २०८३, आइतबार
  • ३ः०९ दिउँसो

तिजका लागि पशुपति क्षेत्रमा मासु, मदिरालगायत बिक्रीमा रोक

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०८:४६

१३ भाद्र २०७९, काठमाडौँ : काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ। तिजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो।

National Life

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन्। तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ।


कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ। ‘गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकिएको’ छ।

Classic Tech Desktop

प्रतिकृया