• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

खीर खाने विचारमा हुनुहुन्छ ? घरमै यसरी पकाउनु सकिन्छ

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०७:५५

१५ साउन २०७९, काठमाडाैँ : आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।


चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ। खीर उच्च क्यालोरी भएको खाना हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ। चामलमा कार्बोहाइड्रेट पाइन्छ। खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ। त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो। व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ। साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ। खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ। जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ। यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो।

Kamana Sewa

‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ। यद्यपि खीरमा पाइनेजस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो। तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ। त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्छ

Classic Tech Desktop

घरमै यसरी पकाउनु सकिन्छ खीरः

भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दुध, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस, काजु प्रयोग गर्न सकिन्छ। चामल भने बासमती, मोट्टो आफूसँग जुन छ त्यसैलाई प्रयोग गर्न सकिन्छ तर दुई घण्टासम्म चिसो वा मनतातो पानीमा भिजाइएको भने हुनुपर्छ।


चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ। खीरलाई कराई वा प्यानमा पकाउन सकिन्छ। यसका लागि आगोमा भाँडो बसाई सकेपछि केहीबेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्ने गर्नुपर्छ। याद राख्नुहोस आगो (हिट) मध्यम हुनुपर्छ।


घ्यू पग्लिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ। चामल केहि बेर भुटिसकेपछि भने त्यसमा मनतातो दुध हाल्नुपर्छ। उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दुध आवश्यक पर्छ। आफूलाई कति खीर पकाउन खोजिएको हो त्यसै अनुरुप चामल र दुधको मात्रा बढाउन सकिन्छ।


केहि बेर भुटेको चामलमा दुध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ। यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ। जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दुध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ। ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर समेत हाल्न सकिन्छ। यति गरी सकेपछि खीर खान योग्य बन्छ।

प्रतिकृया