• ५ साउन २०८३, मंगलबार
  • ४:१७ बेलुका

बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ११:३३

कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.०१ वनकसवास स्थित पूर्व पश्चिम राजमार्गमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ५२१ नं.को बसले बिपरित दिशाबाट आउदै गरेको बा ६९ प ५४३ नं.को मोटरसाईकललाई ठक्कर दिएको हो ।

बसले ठक्कर दिदाँ २४ वर्षिय मोटरसाईकल चालक गणेश कुमार चौधरीको टाउको र खुट्टामा चोट लागेको छ र उनलाई उपचारको लागि बुटवल पठाईएको छ । मोटरसाईकल चालक दाङ सिसनिया नगरपालिका वडा नं.८ बस्ने रहेको प्रहरी जानकारी दिएको छ । मोटरसाईकल,बस र चालक वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको नियन्त्रणमा रहेको प्रहरी जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया