• ५ साउन २०८३, मंगलबार
  • ४:३२ बेलुका

कंगोमा इबोला महामारी, १ हजार ७ सयको ज्यान गयो

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार १०:३०

रकाठमाडौं, अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोेमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रूपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ । अति संक्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो । पटक–पटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कंगोेमा व्यापक रूपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै ‘विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । इबोला संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्लूएचओको भनाइ छ ।

यो भाइरस जंगली जनावरबाट मानिसमा सर्छ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तीव्र गतिमा सर्छ । संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्छ । इबोला खासगरी चमेरोमा पाइन्छ तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरुमा यो जीवाणु सार्छ ।

Kamana Sewa

प्रतिकृया