• ४ साउन २०८३, सोमबार
  • १:५० बिहान

काठमाडौं जिल्ला प्याब्सनले भदौ १२ गते अन्तर–विद्यालय तीजविशेष नृत्य प्रतियोगिता आयोजना गर्ने

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ०५:५०

४ साउन २०७९, काठमाडौंः नीजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)ले आगामी भदौ १२ गते प्याब्सन अन्तर–विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता नवौं संस्करण २०७९ गर्ने भएको छ ।आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्याब्सनले यस्तो जानकारी दिएको हो। उक्त प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुने जनाईएको छ ।


विद्यार्थीहरुको नृत्य प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।विगत दुई वर्ष कोरोना महामारीको कारण सञ्चालन नगरिएको उक्त प्रतियोगिताको नवौं संस्करणले प्रतिभाशाली विद्यार्थीहरुलाई ठुलो अवसर प्रदान गर्ने काठमाडौं जिल्ला प्याब्सनले जनाएको छ। प्याब्सनले अन्तर–विद्यालय तीजविशेष नृत्य प्रतियोगितामा ५० वटा विद्यालयहरुलाई मात्र सहभागिता गराउने भएको छ ।

Kamana Sewa

५० विद्यालयहरुमध्ये प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यालय एवं विद्यार्थीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गर्ने भएको छ।त्यसैगरी, १०औं उत्कृष्ट स्थानसम्म आउने विद्यालयहरुलाई ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नेपनि जनाइएको छ । र,निर्णायक मण्डलमा नेपालकै ख्याँतिप्राप्त नृत्य प्रशिक्षकहरु राखिने र उनीहरुकै निर्णय अन्तिम हुनेपनि जनाइएको छ ।

Classic Tech Desktop

साउन ३१ गते अपरान्ह ४ बजेभित्र प्याब्सन काठमाडौंको कार्यालयमा विद्यालयको लेटर प्याडमा गीतको बोल प्रशिक्षकको नाम, मोबाइल नम्बर र विद्यार्थीहरूको नाम प्रिन्सिपलले प्रमाणित गरी सहभागिताका लागि आफ्नो विद्यालयको नाम दर्ता गरिसक्नुपर्ने प्याब्सनले जनाएको छ । तर, सहभागिता बढ्नसक्ने कुरालाई मध्यनजर गर्दै शुरूमा आउने नृत्य टिमलाई प्रथम प्राथमिकता दिइनेछ ।

प्रतिकृया