• २० असोज २०८३, मंगलबार
  • ११ः११ बिहान

कारमा लोड गरिएको ९० किलो गाँजासहित २ भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०४:२४

२२ असार २०७९, काठमाडौंः प्रहरीले ९० किलो गाजा लोड रहेको भारतीय कारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले गाजासहित भारतको उत्तर प्रदेशको कमलसागर गोपालपुर निस्फी निवासी रविकान्त भारती र विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा-१० निवासी सुनिल भारतीलाई पक्राउ गरेको हो।

National Life

यु.पि ७० बाइक ९९५५ नम्बरको भारतीय कारमा सवार भइ गाजा लिएर गइरहेको सूचनाको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बीरगञ्ज-२८ बगहीबाट दुवै जनालाइ पक्राउ गरेको हो।


प्रहरीले कारमा राखिएको अवस्थामा ९० किलो गाजा बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई गाजा सहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया