• ५ साउन २०८३, मंगलबार
  • ६:०७ बेलुका

सेयर कर्जा नियन्त्रणमा राष्ट्र बैंकलाई सफलता, ४/१२ को नीति नचलाउने मुडमा अधिकारी

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ११:२९

१२ असार २०७९, काठमाडौंः चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर कर्जा नियन्त्रणमा नयाँ कदम चाल्यो । एक व्यक्ति वा परिवारले एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड रुपैयाँ मात्र कर्जा लिन पाउने व्यवस्था गरियो ।सेयर कर्जामा नियन्त्रण गरेपछि सेयर बजारमा निरन्तर गिरावट आएको छ । यसको दोष राष्ट्र बैंकले बोक्दै आएको छ । सेयर लगानीकर्ताबाट चर्को आलोचना खेप्दै आएको छ ।


सर्वसाधारणबाट मात्र होइन, राष्ट्र बैंकको उक्त नीति प्रति सरकारले पनि असन्तुष्टि जनाउँदै आएको छ । यस नीतिलाई लिएर अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सार्वजनिक रुपमा गभर्नर र राष्ट्र बैंकको आलोचना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने लगानीकर्ताहरुका अनुसार प्रधानमन्त्री देउवा पनि उक्त नीतिप्रति असन्तुष्ट छन् ।

Kamana Sewa

तर, नेपाल राष्ट्र बैंक आफ्नो नीतिबाट पछि हटेको छैन । बरु आगामी वर्ष पनि उक्त नीतिलाई निरन्तरता दिने पक्षमा देखिएका छन् केन्द्रीय बैंकका उच्च अधिकारीहरु ।

Classic Tech Desktop

प्रतिकृया