• २१ जेठ २०८३, बिहीबार
  • ८:४४ बिहान

बारामा मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७९ जेष्ठ ११ गते, बुधबार १२:२४

११ जेठ २०७९, काठमाण्डौं : बारामा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र सोही पालिकाको वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

कलैया उपमहानगरपालिका–१० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

Classic Tech Desktop

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया