• 2:13 pm

दोस्रो बजारमा बलेफी हाइड्रोको कारोबार सुरू, कतिमा भयो पहिलो कारोबार ?

प्रकाशित मिति

२०७९ जेष्ठ ११ गते, बुधबार १२:३६

११ जेठ २०७९, काठमाण्डौं : धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबारबाट बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १ सय ४ रुपैयाँ ७० पैसामा भएको छ ।


नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९३ रूपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको थियो ।


कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BHL सिम्बोल प्राप्त गरेको छ ।


मंगलबार कम्पनीको एक करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयर (आईपीओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

प्रतिकृया