• २१ जेठ २०८३, बिहीबार
  • ८:१२ बिहान

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ २ गते, सोमबार ०३:२६

२ जेठ २०७८, काठमाडौं : रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन ।


गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छिन् ।

Kamana Sewa

सो गाउँपालिकोको वडा नंं १, २, ४, ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडा नंं ३ र ६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

Classic Tech Desktop

सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।


२०७४ सालको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लीन स्वीप गरेको थियो ।

प्रतिकृया