• १ असोज २०८३, बिहीबार
  • २ः२२ दिउँसो

विश्वकप फाइनल हेर्न गगन थापा लड्समा

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०८:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल टुइटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्।

National Life

‘न्यूजिल्यान्ड र इंग्ल्याण्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ आइतबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्यूजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो। उसले पहिलो पटक उपाधि जितेको छ।

प्रतिकृया