काठमाडौंमा खोला मिचेर बस्ती
प्रकाशित मिति
२०७६ असार ३० गते, सोमबार ०८:४०
काठमाडौं । लगातारको वर्षासँगै शुक्रबार दिउँसो काठमाडौंको कलंकी, कुलेश्वर तथा ललितपुरको नख्खु क्षेत्र डुवानमा परेको थीयो । कुलेश्वरमा ठूला अपार्टमेन्टहरु नै डुवानमा परेको दृश्य धेरैका लागि आश्चर्यको विषय थियो । आश्चर्यमा पर्नु यो स्वभाविक पनि हो । किनकी कोरिडोर सडक आसपासका बस्ती सुरक्षित मानिएको थियो । सरकारले नै नदी किनारहरुमा कोरिडोर सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।
किन खोला बस्तीमा पस्यो त ? बाग्मती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारका अनुसार यो पटक नख्खु र बल्खु खोलामा आएको बाढी २०(३० वर्षमा एक पटक आउने बाढी हो । जबलाई नदीको दुबैतिर लगाएको पर्खालहरुले छेक्न सक्दैन । उनी भन्छन्, ‘नदीले धार परिर्वतन नगरोस्, वस्तीमा नपसोस् भनेर हामीले बनाएको पर्खाल २(३ वर्षका लागि हो ।’ पछिल्ला वर्षहरुले अनेक नाममा नदी मिचेर संरचना बनाउने काम तीव्र गतिमा भयो । समान्य वर्षा र बाढी आउँदा नदी मानिसहरुले बनाइदिएको कृतिम धारमा बगेकै थियो ।
नदी किनारसम्म घरहरु बनेका छन्, ठूलठूला संरचनाहरु ठ्याइएको छ । खोलालाई साँघुरो बनाइएको छ । सामान्य अवस्थामा पानी नै हुँदैन, त्यसैले मानिसले बनाइदिएको कृतिम बाटोमा खोला हिड्छ । तर जब पानीको बहाव उच्च हुन्छ, कृतिम बोटामा न अट्छ, न हिड्न सक्छ । त्यसैले घर होस् कि सडक केही नहेरी आफ्नो बहाव कायम गर्छ । करिव ८० करोडमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले १३ मिटर खोला र दुबैतर्फ १२–१२ मिनेट बाटो कायम गरेर ढल तथा पर्खाल लगाउने काम पनि गरिरहेको थियो । तर यो पटक आएको बाढीले कृतिम धारलाई पन्छाएर आफ्नो अनुकुल बहाव कायम गरेको छ ।





प्रतिकृया