• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

बाढी–पहिरो पीडितका लागी राहत सामग्री तयारी अवस्थामा रहेको बस्नेतको भनाइ

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०९:१०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बाढी–पहिरो पीडितका लागी राहत सामगी्र तयारी अबस्थामा रहेको बताउनु भएको छ । सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तयारी अवस्थामा राखेको उहाले बताउनु भयो । त्रिपाल, खाद्य सामग्री, पानीको उचित व्यवस्थालगायत सबै तयारी अवस्थामा रहेको मन्त्री बस्नेतले बताउनु भयो । उहाले भन्नुभयो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत सबै तयारी अवस्थामा छन् ।’ आवश्यक सबै सुरक्षा निकायलाई परिचालन गर्ने गर्नेछौँ ।
बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई राहतको प्याकेज घोषणा गर्ने पनि बताउनु भयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्ने जानकारी दिनुभयो ।
उहाँले भक्तपुरमा यो वर्ष हनुमन्ते खोलाको बाढीले विगतजस्तो ठूलो क्षति नपु–याएको दाबी गर्नुभयो । उहाँले आफूहरुले बाढी व्यवस्थापनको लागि योजना बनाएर काम गरेकोले यो वर्ष त्यस्तो ठूलो क्षति नभएको स्पष्ट पार्नुभयो । अहिले सबै नेपालीहरुले बाढी, पहिरोमा परेका पीडितहरुलाई उद्धार तथा राहत गर्नुपर्ने बेला भएकोले सोही अनुसार सबै दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गर्नुपर्ने बस्नेतको भनाई छ ।
सरकारले खोला तथा नदिको छेउमा तटबन्ध निर्माण गरेको र पानीको बहाव नियन्त्रण गर्ने काम पनि गरेको सुनाउनुभयो । बाढी तथा पहिरोका कारण अवरुद्ध रहेका सबै सडक तथा राजमार्गहरु सुचारु गर्ने काम पनि तिव्र गतिमा भैरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया