• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

दूषित पानी उत्पादन गरेको अभियोगमा ६४ उद्योगलाई कारबाही

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०१:२०

२९ बैशाख २०७९, काठमाण्डौं : विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानुनी कार्बाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ ।

National Life

चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य बस्तु उत्पादन गरेको अभियोगमा उनीहरुलाई कालोबजारी ऐनअनुसार कानुनी कार्बाही हुने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।


लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य बस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया