• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

संचार माध्यमहरुमा आएको समाचारप्रति नेकपा एमाले वडा कमिटीको ध्यानाकर्षण

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०१:२२

२९ बैशाख २०७९, काठमाडौं : सुर्यविनायक नगरपालिका, भक्तपुर ५ काे नेकपा कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटीले संचारमाध्यममा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण गरेको छ । निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउन नेकपा एमाले प्रतिबद्ध रहेको भन्दै यस पार्टीले न.स.सको उम्मेदवारलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको भनि संचारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण गरेको हो।

National Life

“२०७९ बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरि प्लास्टर गरेर घरमा आराम गरिरहेका हाम्रो पार्टीका सदस्य क।सुजन त्वायनालाई भेटघाट गरी फर्कने क्रममा गुण्डा शैलीमा ३÷४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरुले अपशब्द प्रयोग गरी थप व्यक्तिहरु र प्रहरीलाई बोलाई गाडी खानतलासी लिँदा केही नभेटिएको र त्यस विषयमा छलफल हुदै गर्दा स्थानीय एक अराजक व्यक्ति नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदिप थापा (बटे)भन्नेले निर्वतमान न।स।स एवं हाल न।स।स पदका उम्मेदवार मनोज थापालाई सांघातिक हमला गरी घाइते बनाएको हुदाँ सोको उजुरी निवेदन दिन प्रहरी कार्यालय कटुञ्जेमा गएको र यस विषयलाई लिएर भम्रपुर्ण षंडयन्त्रपुर्वक ढङ्गबाट स्थानीयले अध्यक्ष र न।स।स को उम्मेदवारलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको भनि कांग्रेस समर्थक संचार माध्यमहरुमा आएको समाचार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानकर्षण भएको छ”, ध्यानाकर्षणपत्रमा लेखिएको छ ।


उक्त कार्यको घोर भत्र्सना गर्दै यस्ता गलत क्रियाकलाप र कु–प्रचारमा कुनै सत्यता नरहेको भन्दै नेकपा एमालेले अनुरोध गरेको छ । साथै, वडा बासी जनसमुदायहरुलाई कुनै भ्रममा नपर्न हामी हार्दिक अपिल समेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया