• २१ जेठ २०८३, बिहीबार
  • १०:४० बिहान

एलन मस्कले किने ४४ बिलियन डलरमा ट्वीटर

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०६:३९

१३ वैशाख २०७९, काठमाडौँ : विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।


ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो । सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’ ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, हामीलाई हाम्रो टिममा गर्व छ ।’

Kamana Sewa

यसैगरी ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्, ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।’ ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया