• ८ साउन २०८३, शुक्रबार
  • ८:२५ बिहान

बेनी-मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द, बैशाख २५ गतेसमम लागू

प्रकाशित मिति

२०७९ बैशाख ३ गते, शनिबार ०७:५८

३ बैशाख २०७९, काठमाडौं : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ। मालढुङ्गा- बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो।


बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ।

Kamana Sewa

सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए। यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो।

Classic Tech Desktop

बेनी(मालढुङ्गा सडक बन्द हुने समयमा बेनी-रत्नेचौर-बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ।

प्रतिकृया