• २६ साउन २०८३, मंगलबार
  • ३:१४ बिहान

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार १२:४५

चैत ३०, २०७८ काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त हुनु भएको छ । यहि चैत्र ३० गते बसेको संचालक समितिको बैठकले न्यौपानलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।


यस्तै, उनलाई आगामी ४ वर्षका लागि प्रमुख अधिकृत पदको जिम्मेवारी दिएको बैंकले जनाएको छ । यसअघि न्यौपान उक्त बैंकको मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेको बताइएको छ । काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर हासिल गरेका उनी बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव रहेको छ ।

Kamana Sewa

यसैगरी, न्यौपानेले बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्न सफल भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिने बैंकले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया