• २६ साउन २०८३, मंगलबार
  • १:४८ बिहान

सुर्खेतमा २४ वर्षीय महिलाको बलात्कार

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०१:०४

३० चैत २०७८, काठमाडौं : सुर्खेतमा २४ वर्षीय महिलाको बलात्कार भएको छ । महिलालाई बलात्कार गरेको आरोपमा एक जना मंगलबार राति पक्राउ परेका छन् । प्रहरीका अनुसार आरोपी वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपाली रहेका छन् ।


वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले महिलालाई बलात्कार गरेको प्रहरीको आरोप छ ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको छ भन रोशन गुरुङ फरार रहेको प्रहरीको भनाइ छ ।

Classic Tech Desktop

यस सम्बन्धमा थप अनुसन्धान गर्नुको साथै फरार रोशन गुरुङको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया