• २१ जेठ २०८३, बिहीबार
  • ९:१६ बिहान

सर्लाहीमा १० बर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०३:०१

२४ चैत्र २०७८, काठमाडौँ : सर्लाहीमा सेप्टिक ट्यांकीभित्र एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।


बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले बताए ।

Kamana Sewa

बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

Classic Tech Desktop

प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको बूढाथोकीले जानकारी दिए ।बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया