• २२ जेठ २०८३, शुक्रबार
  • १:०४ बेलुका

कोरोना अपडेटः ५ हजार ५८७ जनामा परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ०५:०८

२२ चैत्र २०७८, काठमाडौँ : मंगलबार देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८१२ जना पुगेको छ । यता, थप १७ हजार ७५५ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

Kamana Sewa

इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, सल्यान, मुगु र बाजुरा जिल्ला सङ्क्रमणमुक्त भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया