• 8:27 am

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ०५:२०

२२ चैत २०७८, काठमाडौं : काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् ।


सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो ।


बि सं २०७५ अर्थात सन् २०१८ सालबाट निर्माण कार्य सुरु गरिएको चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

प्रतिकृया