उनन्साठ्ठी वर्षमा पनि पढाईलाई निरन्तरता दिने एक उदाहरण राधा ठकुरी (दिदी)
प्रकाशित मिति
२०७८ फाल्गुन २७ गते, शुक्रबार ०३:३४
सुवास कुँवर, २७ फागुन २०७८, काठमाडौं : मानिस उमेर बढ्दै जाँदा पढाइ भन्दा परिवार, धर्म कर्म र रमाइलो तिर लगाब देखाउँछन् तर अपवाद हुन् राधा ठकूरी जो वृद्ध भत्ता आउने उमेर नजिकिँदा पनि पढाईलाई नै प्राथामिकता दिइरहेकी छिन् । जीवनको ५८ वसन्त पार गरिसकेकी उनी १९ वर्षको उमेर देखि आफ्नो मातृभूमिबाट टाढा जापानमा छिन् । तरपनि एक दिन घर फर्केर आफ्नो आमासँग बस्ने सपना दिनहुँ बुन्न् छाडेकी छैनन् ठकूरीले । दोलखा जिल्लास्थित जिरी नगरपालिकामा जन्म भएकी उनी अहिले जापनको टोकियो सिटीमा बस्दै आइरहेकी छिन् । ७ मार्स १९६३ मा यस धर्तिमा पहिलोपटक आफ्नो पाइला राखेकी उनले कठिन परिस्थितीसँग पौठेजोरी खेल्दै आफ्नो जीवनलाई सुन्दर अनि अर्थपूर्ण बनाएकी छिन् ।

कलिलो उमेरमा आफ्नो देश छाडेकी ठकुरीको जीवन संघर्षै-संघर्षको कथा हो सजिलै भन्न सकिन्छ । सुनौलो भविष्य अनि रंगिन सपना सजाएर अरुको देशमा पूरा गर्न सहज त कहाँ थियो र ? रंगिन त्यि सपनाहरुलाई साकार गराउन उनी कहिले होटेल त कहिले उद्योगमा काम गर्न पुगिन् । दिन रात नभनि २२ वर्ष सम्म उनले गरेको सङघर्षको कथा स्मरणलायक छ ।सुरुवातको दिनहरुमा रेष्टुरेन्टमा ओइटरको रुपमा ४ वर्ष काम गरिन् भने यता विद्युतिय पार्टर्पुजा बनउने उद्योगमा १८ वर्ष सम्म सङघर्ष गरिन् ठकुरीले । यस्तै अन्तरालमा स्वास्थ्यमा केहि समस्या देखिएपछि अस्पताल पुगेकी उनी डाक्टरको कुरा सुन्दा भीरबाट खसे जस्तै भइन् । एकैपटक उलाई आफ्नो किड्नी ड्यामेज हुँदै गएको थाहा हुन पुग्यो तर उनी बिचल्लित भइनन् कत्ति पनि ।
किड्नी गुमाइन तर पढ्ने समय पाइन्

बिरलै मानिसमा हरेक नकारात्मक कुरामा लुकेको सकारात्मक पाटो खोतल्ने आँट अनि क्षमता हुन्छ । ठकुरी यसको एउटा ज्वलन्त उदाहरण हुन् । उनकै शब्दमा भन्दा कुहिएको किड्नीका साथ जीवनयापन गर्दै थिइन् उनी , तर सोच उनको स्वस्थ अनि स्वच्छ थियो हिमालको हावा जस्तै । उनी आफूलाई कमजोर रुपमा स्वीकार्न कदापी तयार थिइनन् । भगवानमा आस्था राख्ने उनी यसलाई पनि दैबकै रोजाई सम्झिँदै भन्छिन् , ” दैबले मलाई कुहिएको किड्नी दिएका होइनन्, पढ्नका लागि अनि अझै धेरै कुरा सिक्न मौका दिएका हुन् । मेरो किड्नी सद्धे भइरहन्थ्यो त म काम काम भन्दै पैसातिरै तानिइरहेकी हुन्थेँ । त्यसैले यो मलाई श्राप होइन आर्शिबाद अनि मौका हो । ” जीवनलाई हरबखत सकारात्मक दृष्टिबाट हेर्ने ठकुरीले दायाँ किड्नी कुहिएता पनि आफूलाई कहिल्यै कमजोर र लाचार नसोचेको र पढ्ने अवसर पाएकोमा हर्षित रहेको बताउँछिन् ।

पढ्न उमेरले छेक्दैन, उमेर मात्र नंबर हो
यो उमेरमा पनि पढ्ने हौसला कहाँबाट आयो भन्ने प्रश्नलाई सम्बोधन गर्दै उनी पढाई नहुँदा सबैले हेप्ने अनि सबै कुरा अरुसगँ नै सोध्नपर्ने भएकाले उनी पढाई प्रति प्रेरित भएको बताउँछिन् । उनले भनिन् , ” नयाँ कुरा सिक्न उमेरले कहाँ छेक्छ र ? पढ्न त ईच्छ्या चाहिन्छ जुन मभित्र वषैाँअघिदेखि गुम्सिएर बसेका थिए । उमेर त मात्र नंबर हो, ढृढ ईच्छ्यालाई उमेरले छेक्दैन । ” उनीमा पढ्ने शोक सानै उमेरबाट थियो तर पढ्ने मौका भने पाइनन् । बच्चा बेला पढ्ने रहर हुदा हुँदै पनि पढ्न नपाएकी उनले किड्नी गुमाएपछि मात्रै यो अवसर पाइन् । ८ वर्ष पहिले नै किड्नी गुमाएकी उनका अनुसार जापनको कानुनले यस्ता प्रकृतिका बिरामीलाई काम दिदैन थियो त्यसैले उनले किड्नीसँगै काम पनि गुमाइन् तर आफ्नो अर्को गुम्सिएको रहर पूरा गर्ने अवसर पाइन् ।
पढ्नको लागि समय पाएकोमा उनले सकारात्मक धारण ब्यक्त गर्छिन् । ५९ वर्षको मान्छे १४–१५ वर्षको बच्चाहरुसगँ पढ्न पाउनुको अनुभव रमाइलो रहेको सुनाउँदै उनले नाति नातिना जस्तै लाग्ने बच्चाहरुको व्यावहार एकदमै राम्रो भएको पनि सुनाउँछिन् । यो सुनाइरहँदा उनको मुहारमा खुसि प्रश्ट झल्किन्छ । उनी सिधा रुपमा भन्छिन् , “जापनमा घृणाको वातावरण छैन, यता आएदेखि अहिलेसम्म घृणाको अनुभव भएको छैन, तर दुख यसमा छ कि हामी नेपालीहरु नै नेपालीको दुख बुझ्दैनौँ, एक हर्कालाई इज्जत गर्दैनौँ अनि खुलरे कुरा गर्दैनौँ ।”
उनी आफ्नो स्वास्थ्यले साथ दिए ब्याचलर्स पनि गर्ने सोच रहेको बताउँछिन् । थयसनिभर्सिटि नजिक नभएकाले साइकल चलाएर पढ्न जान अब नसकुाला कि भन्ने डर ब्यक्त गर्छिन् उनी ।
५८ बसन्त पार गरिसकेकी ठकुरीले पढाइको महत्वलाई बुझि पढाईलाई प्रथामिकता दिदै जापनको प्लस टु पढेर ३ वर्षमा पास गरेकी छन् । उनले भनिन् . “कक्षा कोठामा ६ घण्टा बसेर पढ्न पर्ने ।पर्ने र हप्ताहप्तामा सानो सानो परिक्षा दिनपर्ने हुन्थ्यो । नेपालमा जस्तो मार्किङ वा ग्रेडिङ प्रणाली नभएको कारण हप्तामा सानो परिक्षा दिएर नै पास गर्नुपर्ने हुन्थ्यो र मैले गरो पनि। आफू बसेको ठाउँबाट कलेज पुग्न साइकलमा आदध घण्टा लाग्ने र खुट्टाले हिड्न नसकेकै कारण साइकलद्धारा कलेज आउने जाने गनुपरेका त्यि दिनहरु उनी स्मरण गर्छिन् , “यहाँको मौसम कहिले धेरै गर्मी त कहिले धरै चिसो हन्छ तर जस्तो मौसम भएपनि घाम पानी नभनि मेहेनत गरेर एक दिन पनि गयल नभई पढ्न गएर मैले हाइ स्कुल पास गरेकी छु । झरि पर्दा अनि हिउँ पर्दा पनि साइकलमा कलेज गएको दिनहरु सम्झिँदा अहिले म आफै चकित पर्छु । ” उनका हनुसार अरुले ६ वर्षसम्म लागाएर पनि हाइ स्कुल पढ्छन् तर दोब्बर मेहेनत गरेकै कारण उनले उकत कोर्ष ३ वर्षमा सकाएको बाताउँछिन् । अहिले सम्ममा उनलाई हाइ सकुल सम्मको पढाइ सक्न पूरा ६ वर्ष लागेको छ । ५९ वर्षको उमेरमा ठकुरीले हाइ स्कुल पास गरेकी छिन् ।
“म मात्र होइन, म जस्तो अरु धेरै नेपालीहरु अर्काको देशमा आएर सङघर्ष गर्नुहुन्छ । अर्काको ठाउँमा आफ्नो देशको मान्छे देख्दा भेट्दा कति खुसी लाग्छ, त्यो बताउनको लागि कुनैपनि शव्दले व्यक्त गर्न सकिँदैन तर यता आएका नेपालीहरु नै नेपालीको इज्जत गर्दैनन् र राम्रोसगँ बोल्न पनि खोज्दैनन्” , उनले दुख प्रकट गरिन् । साथै, सबै नेपालीहरुलाई राम्रो व्यावहार अनि एक वचन मिठो बोली बोलीदिन उनको आग्रह छ ।
किड्नी ड्यामेज भएपछि काम नगरी बसेकी उनलाई सरकारले बेरोजगार भत्ता पनि दिएको छ । उनको नेपालमा १ छोरी र जापानमा ३ छोरी गरी ८ नाती नातिना छन् ।। उनीको ६० वर्ष पुगेपछि मात्र वृद्ध भत्ता आउँछ । खाना बस्न अस्पताल अनि औषधी खर्च सबै सरकारले निःशुल्क बनाइदिएको छ । अहिलेको अवस्थामा सरकारले नै सबै कुराको व्यावस्था मिलाइदिएकोमा जापनिज सरकारप्रति उनी कृतज्ञता ब्यकत गर्छिन् ।

अर्को सपना: नेपाल फर्केर एउटा घर बनाई आमासँगै बस्ने
जापनमै बसेर आफ्नो जीवन बिताइरहेकी ठकुरी जनभूमी नआएको २ वर्ष पूरा भएको छ । अब ठकुरीले ६ महिना पछि नेपाल आएर आफ्नो अर्को सपना पूरा गर्ने सोच राखेकी छन् । उनको सपना अझै सिद्धिएको छैन । सपनै सपना बोकेकी उनको अर्को रंगिन सपना छ नेपाल आएर एउटा सुन्दर घर बनाउने अनि त्यसै घरमा हाँसी खुसी आमासँग बाँकी जीवन बिताउने । उमेर भन्ने कुरा नम्बर मात्र हो भन्ने धारण राखेकी ठकुरी मनबाट त अझै बच्चा नै रहेको बताउँछिन् । उनको अहिले नेपालमा घर छैन । जग्गा भने भक्तपुर साँघातिर सानो जग्गा छ । नेपाल आए पछि आधा जग्गा बेचेर बाकी रहेको जग्गामा घर बनाउने सपना सपना बुन्दै छिन् उनी । जिवन र सङघर्षबारे सकारात्मक विचार राख्ने ठकुरीको आमा र आफन्ताहरु नेपालमा नै छन् । उनको आमा लालितमाया चौलागाई अहिले ९० वर्ष पुग्न लागिसकेकी छिन् ।
जीवन भगवानले दिएको उपाहर सम्झिने उनी भगवानले केहि काम गरोस भनेर नै आफूलाई यो धर्ती पठाएको सम्झिन्छिन् । त्यसैले उनी न दुखसँग डराइन् न सङघर्ष गर्न नै छोडिनन् । उनको यो सकारात्मक बिचारले गर्दा नै ठकुरी यो उमेरमा पनि आफ्नो शैक्षिक योग्यता हाँसिल गर्न सफल भएकी छन् । ठकुरी उनी जस्तै अलपसंख्यक मानिसहरुको प्रतिनिधी पात्र मात्र होइनन् , जीवनलाई कसरी सार्थक बनाउने भन्नेबारे एक उदाहरण पनि हुन् ।




प्रतिकृया