थाइल्याण्डका दुईजना महिलालाई प्रहरीद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
प्रकाशित मिति
२०७८ फाल्गुन २७ गते, शुक्रबार ०२:२५

२७ फागुन २०७८, काठमाडौँ : थाइल्याण्डबाट आएका दुईजना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वानविसा जानतासन र ४१ वर्षीय वारापोर्न खुनसोमबत रहेका छन् । फागुन २६ मा भिस्तारा एयरलान्सको उडानबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले वानविसाको साथबाट २ हजार र ५ सय दरका १ लाख ७९ हजार ५ सय भारतीय मुद्रा बरामद गरेको छ । वारापोर्नको साथबाट भरतीय रुपैयाँ ५ सय दरका १ लाख १५ हजार बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसपी हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।
प्रतिकृया