• २ असोज २०८३, शुक्रबार
  • १२ः२५ दिउँसो

स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ देखि

प्रकाशित मिति

२०७८ माघ २० गते, बिहीबार ०३:५५

२० माघ २०७८, काठमाडौं : कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह शाखा अधिकृत वा सो सरह र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

National Life

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।


परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया