• २५ भदौ २०८३, बिहीबार
  • ७ः१४ बेलुका

स्थगित भएका सीटीईभीटी परीक्षाको समय तालिका सार्वजनिक, फागुन ६ गतेदेखि सञ्चालन हुने

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार १२:२७

१९ माघ २०७८, काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएको परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । सीटीईभीटीले उक्त परिक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

National Life

परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ ।


साथै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम ९दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित० अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ । परिषद्को अनुसार परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन हुने छ ।


कोभिड १९ संक्रमण दर तीव्र रुपमा फैलिन थालेपछि माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा, २२ गते प्रि(डिप्लोमा तहको मौका परीक्षा र २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका कार्यक्रमको नियमित तथा पूरक परीक्षा स्थगित गरेको थियो ।

प्रतिकृया