• २७ भदौ २०८३, शनिबार
  • २ः०८ राती

ललितपुर महानगरपालिकाद्वारा चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार १२:२८

१९ माघ २०७८, काठमाडौँ : ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।

National Life

महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।


उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए । महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाई सँगसँगै अघि बढाउने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया