• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, ६ घाइते

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ११:२८

२१ कार्तिक, २०७८ काठमाडौँ : ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। छ जना घाइते छन्। गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो। बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।

National Life

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।

प्रतिकृया