• १९ असोज २०८३, सोमबार
  • १०ः३९ बिहान

भारतको भर अफगानिस्तानमाथि, जितको कामनामा सिंगो भारत

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ११:३९

२१ कार्तिक, २०७८ काठमाडौँ : युएईमा जारी टी-२० विश्वकप क्रिकेटमा आज हुने एउटा खेलले तीन टिममध्ये को सेमिफाइनलमा पुग्ने भन्ने कुराको लगभग टुंगो गर्ने भएको छ। आबुधाबीस्थित शेख जायेद रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरू हुने न्युजिल्याण्ड र अफगानिस्तान बीचको खेलले भारतसहित अफगानिस्तान र न्युजिल्याण्डमध्ये को सेमिफाइनल जाने भन्ने कुराको लगभग निर्धारण गर्नेछ।

National Life

आजको खेलमा न्युजिल्याण्डले जिते अफगानिस्तान र भारत दुबैको सेमिफाइनल दौड सकिनेछ। भारत एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिनेछ। अफगानिस्तानले न्यूजिल्याण्डलाई हराए भारतको आशा कायमै हुनेछ। आज सिंगो भारत अफगानिस्तानको जितको कामना गर्दैछ। किनकी आफ्नो अन्तिम खेलमा भारतले नामिबियालाई फराकिलो अन्तरले हराउन सके समान ६-६ अंक जोड्दै राम्रो रन रेटका आधारमा भारतको सेमिफाइनल प्रवेश सम्भावना झिनो बाँकी रहनेछ।


जुनसुकै बलियो टोलीलाई चुनौती दिँदै आएको अफगान टोलीले न्युजिल्याण्डलाई हराउन सके उसको पनि सेमिफाइनलमा प्रवेश गर्न सम्भावना जिवित हुनेछ। सेमीफाइन यात्राका लागि भने उसले भारत र नामिबियाको भोलि हुने खेल पनि कुर्नुपर्नेछ। भारतले नामिबियालाई हराएको खण्डमा नेट रन रेट बढी भएको टिमले सेमिफाइनलमा स्थान बनाउने छ।

Classic Tech Mobile
Classic Tech Desktop

अफगानिस्तानका स्पिनर मुजीब-उर रहमानसमेत फिट भएर मैदान उत्रन सक्नेछन्। चोटका कार्ण उनी यसअघि भारतविरूद्ध खेलेका थिएनन्।यसअघि ४ खेलमा २ जितसहित ४ अंक जोडेको अफगानिस्तानका लागि आजको खेल जिते सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहनेछ।विश्वकप अगाडि खेलिएको अभ्यास खेलमा दक्षिण अफ्रिकासँग पराजित अफगानिस्तानले वेष्टइन्डिजलाई हराएको थियो।

प्रतिकृया