• २१ जेठ २०८३, बिहीबार
  • ३:१९ बेलुका

एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति

२०७८ कार्तिक १४ गते, आईतवार १२:१४

१४ कार्तिक, २०७८ काठमाडौँ : एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।


प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले ०.४० प्रतिशतले लाभांश घटाउँदै १५.८० प्रतिशत वितरणको घोषणा गरेको हो ।

Kamana Sewa

प्रतिकृया