• १९ असोज २०८३, सोमबार
  • १ः०८ दिउँसो

जर्मनी बन्यो कतार विश्वकपमा छानिने पहिलो टिम

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ११:५१

२६ असोज, २०७८ काठमाडौँ : जर्मनी सन् २०२२ को कतार विश्वकप फुटबलमा छानिने पहिलो टिम बनेको छ । विश्वकपको युरोपेली छनोट अन्तर्गत सोमबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै जर्मनी विश्वकपका लागि छानिएको हो ।

National Life

जर्मनी ४–० गोल अन्तरको फराकिलो अन्तरले पराजित गर्दै दुई खेलअघि नै विश्वकपमा छानिन सफल भएको हो । जर्मनीलाई जित दिलाउन टिमो वेर्नरले दुई गोल गरे । त्यस्तै काइ हाभर्ट्ज र जमाल मुसियालाले एक एक गोल गरे ।


खेलको ५० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । वेर्नरले ७० औं र ७३ औं मिनेटमा गोल गरे मुसियालाले ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ४–० ले जिताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया