• १९ असोज २०८३, सोमबार
  • १ः१० दिउँसो

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १६ जना घाइते

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ११:४२

२६ असोज, २०७८ डडेल्धुरा :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

National Life

बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०–६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिकृया