• १९ असोज २०८३, सोमबार
  • १ः१० दिउँसो

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०७:०९

२५ असोज, २०७८ काठमाडौँ :  १३औं साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपाल भारतसँग नेपाल पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति सम्‍पन्‍न खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

National Life

भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्‍यो । जितसँगै भारतको फाइनल पुग्ने सम्भावना अझै कायम रहेको छ। जितसँगै भारत ३ खेलमा ५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ। गोल संख्यको आधार आयोजक माल्दिभ्स शीर्षस्थानमा उक्लिएको छ। यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो ।


चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ। ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपालले अन्तिम चरणको खेलमा अब बुधबार बंगलादेशसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया