• १९ असोज २०८३, सोमबार
  • १ः११ दिउँसो

मोतिपुर घटनामा ४ सर्वसाधारणको मृत्यु, ३१ सुरक्षाकर्मी घाइते (फोटोसहित)

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०७:००

२५ असोज, २०७८ काठमाडौँ : चार जनाको मृत्यु भएको रुपन्देहीको बुटवलस्थित मोतिपुरमा घटनामा नेपाल प्रहरी र सशस्त्रका ३१ सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीयसँगको झडपमा परी १६ प्रहरी र १५ सशस्त्र प्रहरी गरेर ३१ जना सुरक्षाकर्मी घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

National Life


यस्तै, झडपमा १६ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते भएका सर्वसाधारण अधिकांश रुपन्देही बाहिरका रहेका पनि मन्त्रालय स्रोतले जनाएको छ । आइतबार सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका सर्वसाधारणलाई हटाउन बल प्रयोग गर्दा झडप भएको थियो ।


सो क्रममा प्रहरीले गोली चलाउँदा चार जना सर्वसाधारणको मृत्यु भएको छ । दिउँसो भएको झडपमा अवस्था नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले मोतिपुरमा कर्फ्यु जारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया