• २१ जेठ २०८३, बिहीबार
  • ६:५३ बिहान

गठबन्धनको बैठक ५ बजे, मन्त्रिपरिषद् बस्तिार बारे छ्लफल हुने

प्रकाशित मिति

२०७८ आश्विन ६ गते, बुधबार ०४:१८

६ असोज, २०७८ काठमाडौँ : आज साँझ ५ बजे गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।


सरकार बनेको अढाई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद् विस्तार नभएको टिप्पणी बढ्न थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयको छलफल थालेका छन् ।

Kamana Sewa

हिजो पनि गठबन्धन दलको बैठक बसेको थियो । हिजोको बैठकमा माओवादीबाट मात्रै भए पनि मन्त्रीहरू सहभागी गराउन प्रचण्डले देउवालाई दबाब दिएका थिए । मन्त्रीको नाम टुंगो लगाउन माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ ।

Classic Tech Desktop

प्रचण्डले केही दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट टुंगिन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

देउबाले आजै डा. नारायण खड्कालाई भने परराष्ट्रमन्त्री बनाएका छन् ।

प्रतिकृया