• २१ जेठ २०८३, बिहीबार
  • ४:०३ बिहान

विरोध छाडेर संवादमा आउन विपक्षीलाई सभामुख सापकोटाको आग्रह

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०१:५८

२७ भाद्र, २०७८ काठमाडौँ : आइतबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षीले अग्रभागमा आएर नाराबाजी र विरोध सुरु गरेपछि सभामुख अग्नि सापकोटाले विरोध छाडेर छलफल र संवादमा आउन अपिल गरेका छन्। उनले निरन्तरको नाराबाजी र अवरोधले संसदमा आफ्ना भनाइ राख्न पाउने अन्य सांसदहरुको अधिकार मिचिएको उल्लेख गर्दै आआफ्नो ठाउँमा गएर बस्न विपक्षी सांसदहरुलाई अनुरोध गरेका छन्।


यद्यपि राष्ट्रगानलगत्तै विरोध सुरु गरेका विपक्षी सांसदहरुले सभामुख र सत्तापक्षविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विरोध जारी रहने र संयमित भएर विरोध अगाडि बढाउन आफ्ना सांसदहरुलाई आग्रह गरेका छन्।

Kamana Sewa

प्रतिकृया