• २१:३६ २०८० चैत्र १५ गते
  • 9:36 pm

विपक्षीको लगातारको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०२:०२

agni

२७ भाद्र, २०७८ काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध लगातार संसदभित्रै नाराबाजी भइरहँदा सभामुखले आफ्नो स्पष्टीकरण दिएका छन्। विपक्षी दलका सांसदहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘सभामुख अग्नि सापकोटा मुर्दाबाद’ लगायत नारा लगाउँदै संसदको अग्रभाग घेरेका थिए।


सभामुख सापकोटाले विपक्षी दलको करिब २२ मिनेटको विरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन्। सभामुख सापकोटाले आफ्नो आसनबाट पटकपटक विपक्षी दलका सांसदहरुलाई विरोध स्थगित गरेर सबैको अधिकारको रक्षा गर्न आग्रह गरेका थिए।

प्रतिकृया