• २० असोज २०८३, मंगलबार
  • ११ः०९ बिहान

हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा थिमि भक्तपुरमा

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०२:५९

४ भाद्र, २०७८ काठमाडौँ : हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा ल्याइएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै शाखा खोलिएको हो ।

National Life

शाखाको शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ लोक दोहरी गायक बद्री पंगेनी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ भक्तपुरका पूर्व अध्यक्ष राजाराम न्हिसुतू, नेपाल हेभी इक्विपमेन्ट मेकानिक संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मुकेश पन्तलगायतले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।


भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, चौतारा, मेलम्ची, चरिकोट, मन्थलीलगायतका पूर्व क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि शाखा खोलिएको शाखा प्रमुख फाल्गुण कुँंवरले बताउनुभयो । कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका सञ्चालक एवम् समाजसेवी ताराबहादुर कुँंवरले भविष्यमा हेटौडा, पोखरालगायतका ठाउँंमा पनि शाखा खोल्ने योजना रहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया