• २० असोज २०८३, मंगलबार
  • ११ः०९ बिहान

गैर कोषमा आधारित बैंकिङ्ग सुविधाका लागि नबिल बैंकले गर्यो मुक्तिनाथ विकाससँग सम्झौता

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०३:१३

४ भाद्र, २०७८ काठमाडौँ : नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।

National Life

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंक मार्फत एलसी, डीएपी, डीएए र लोकल बैंक ग्यारेन्टी आदि सुविधाहरु उपभोग गर्न सक्नेछन् । यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आधुनिक बैंकिङ्ग सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्ने बैंकको दावी छ ।


यस सम्झौता पश्चात दुई बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विस्तारित बैंकिङ्ग सुबिधा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।


नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतीत पत्र, बैंक जमानत, डिमान्ड ड्राफ्ट लगायतका बैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाटनै प्राप्त गर्ने भएकाले बैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैंकिङ्ग सेवा मिल्ने मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

प्रतिकृया