• ११ असोज २०८३, आइतबार
  • १ः१३ दिउँसो

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ०७:१६

काठमाडौं : युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।

National Life

युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो ।


महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“विकसित मुलुकका नागरिकका लागि सट्टेबाजी तथा बाजी लगाउनु पर्व हो”, एक प्रहरी अधिकारीका भनाइमा नेपालमा भने त्यस्तो कार्य गैरकानुनी हो । अनलाइन बेटिङ नेपाल जस्तो अल्पविकसित मुलुकका लागि लाभदायक छैन ।


विशेष गरी वाट्सएप र भाइबरबाट खेलिने यो घातक जुवामा नेपाली युवा किन फस्दैछन् रु महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, “लोभले लाभ, लाभले विलाप भनेजस्तै हो ।”“खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट ९दलाल०हरू कमिसन लिएर प्रयोग हुन्छन्”, कोइरालाको भनाइ छ ।


युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ । होटल याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।


अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिकृया